सोमबार नेप्सेमा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ।  

नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको नयाँ मूल्य ३२४ रुपैयाँ तोकिएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया