१३२ कम्पनीको शेयरमूल्य बढ्दा १५ कम्पनीको कारोबार सर्किट लेभलमा

५ बर्ष अगाडि

नेप्सेको इतिहासमै सबैभन्दा धेरे कारोबार भएको दिन आइतबार १५ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा पुगेको छ । 

कारोबारमा आएको २०७ कम्पनीमध्ये १३२ कम्पनीको शेयरमूल्य बढ्दा १५ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा पुगेको हो ।  

आइतबार पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त र मिथिला लघुवित्तको कारोबार १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । त्यसमध्ये पोखरा फाइनान्सको सेयर मूल्य रु २ सय ६४, गुराँस लाईफ इस्योरेन्सको ७ सय ९२, मिथिलाको १ हजार ७ सय ४९ र ग्रामिण विकास लघुवित्त सेयर मूल्य रु ८ सय १४ पुगेको छ ।

यसबाहेक आइतबार अन्य ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेर सर्किट नजिक पुगेको थियो भने ८ कम्पनीको ७ प्रतिशत भन्दा धेरैले ।  आइतबार शेयरमूल्य ९ प्रतिशत धेरैले बृद्धि हुने कम्पनीहरुमा गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, सर्पोट माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, प्राइम लाइफ, माउन्टेन इनर्जी नेपाल, एचआईडिसीएल, शिवश्री हाइड्रोपावर, र आशा लघुवित्त छन् । 

त्यस्तै मल्टिपपर्स फाइनान्स, डिप्रोक्स लघुवित्त, सारथी नेपाल, रसुवागढी, रैराङ्ग हाइड्रोपावर, विजय लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्सको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले बढेको छ ।

आइतबार नेप्सेले २४२४ दशमलव ८४ विन्दुसँगै नयाँ उचाई कायम गर्दा अहिलेसम्मकै धेरे रु  ९ अर्ब ३७ करोड ६० लाख ५३ भन्दा बढी कारोबार भएको छ । 

अरु सबै सब इन्डेक्सहरु बढेर हरियाली देखिदाँ पनि आइतबार व्यापार समूह भने ७३ दशमलव ३५ अंकले ओरालो लागेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया