सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं- सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने आज आइतवार अन्तिम दिन रहेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले  सोही प्रस्ताव पारित गर्नका लागि  माघ २३ गते कम्पनीको कुपण्डोल कार्यालयमा साधारण सभा बोलाएको हो ।

सोही साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ १२ गतेदेखि २३ गते बुक क्लोज गर्दैछ ।  माघ ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया