काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्ज – नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ झन्डै ५२ अंकले बढेको छ ।
आज ११ बजे २३७४.६४ को बिन्दुबाट सुरु भएको कारोबार २ बजेसम्म आउँदा ५२.४७ अंकले बढेर २४२७.११ को बिन्दुमा पुगेको छ । परिसुचक २.२१ प्रतिशतले उकालो लागेको हो ।
कारोबारका १२ उपसमुहमध्ये व्यापार र सामुहिक लगानी कोष कारोबारको सुरुवातदेखि नै ओरालो लागेका छन् ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २०७ कम्पनिको १ करोड ४४ लाख ६० हजार २८४ कित्ता शेयर ५८ हजार ४८१ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ८४ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया