शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन । नारायणहिटी संग्राहलय पुग्ने सर्वसाधारणले अव सो संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्यमुख्य सामग्रीहरु राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन ।
प्रतिक्रिया