सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रम  ओली

७ बर्ष अगाडि

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन्  । 

वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताए  । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भने । 

वाग्मती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउँदै उनले वाग्मती सफाइसँगै यसलाई फोहर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनुपर्ने बताए  । 

अभियन्ताले विसं २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए  । वाग्मती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाग्मती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया