ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बन्यो पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

७ बर्ष अगाडि

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । सम्झौतामा ग्राण्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गर्नु भएको छ । 

सम्झौता अनुसार ग्राण्डीले पोखरा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट र खेल संचालन हुने मैदानमा आवश्यक स्वास्थ्यकर्मी र मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ । 

सम्झौतापछि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइेत भएका खेलाडीको सफल उपचार गर्दै आएको र पिपिएलसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताउनु भएको छ । सक्षम र सफल खेलाडीका लागि खेलको अनुभवका साथै स्वस्थ शरिर र मनोबैज्ञानिक परामर्शको पक्ष पनि जरुरी हुने भएकाले मेडिकल पार्टनरका रुपमा ग्राण्डी अस्पतालले ब्यवसायिक रुपमा आफ्नो इमान्दारीपूर्ण र अर्थपूर्ण सहभागिता जनाएको उहाँको भनाई छ । 

त्यसैगरी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा स्पाइन बिभागका प्रमुख डा बिनोद बिजुक्छेले आफ्नो मन्तब्यका क्रममा ग्राण्डी अन्तर्राष्ट्रि अस्पतालले स्थापनाकाल देखीनै घाइते भएका खेलाडीहरुको सफल उपचारमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले खेलका क्रममा ढाडमा हुने चोटपटक र उपचारका बारेमा पनि चर्चा गर्नुभयो । यस सहकार्यले खेलाडिहरुको उपचारबारे चेतना फैलाउने र सुसुचित गर्ने काममा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपाली राष्ट्रि क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखी राष्ट्रिय टिमका खेलाडिहरु पृथु बास्कोटा, अमृत भट्टराइ, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरुको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएकोमा बधाइ पनि दिनुभयो । यस अस्पतालले खेलाडीहरुलाई सधैं प्राथमिकतामा राखेर उपचार गरेकोमा आभार व्यक्त गर्नुभयो र यसलाई आगामी दिनमा पनि निरन्तरात दिइरहनेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको जिकीर गर्नुभयो । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पिपिएलसँग सहकार्य गरेकोमा आभार ब्यक्त गर्नुभयो । ६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको जानकारी पनि लामाले दिनुभयो । उहाँले पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिनेमा आफु विश्वास्त रहेको जिकीर गर्नुभयो । 

नेपालमा नै बिश्व स्तरिय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापना काल देखी नै स्पोर्ट्स मेडिसिनलाई प्राथमिकता दिदै आएको छ । यस अघि राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन जमुना गुरुङ, राष्ट्रिय महिला भलिवल टिमकी खेलाडी सिपोरा गुरुङ, राष्ट्रिय फुटबल टिमका मिड फिल्डर बिक्रम लामा लगायतका थुप्रै राष्ट्रिय खेलाडीहरुको सफल उपचार गरि खेल मैदानमा फर्काइसकेको छ । 

ग्राण्डी अस्पतालमा उपलब्ध बिश्वस्तरिय अत्याधुनिक उपकरण तथा निदान सेवा सँगै बिशेषज्ञहरुको उपलब्धताले खेलाडीहरुलाई उपचारपछि चाडैं निको पारेर मैदान फर्काउन मद्दत पुगेको छ । त्यसैगरी यहाँ उपलब्ध अत्याधुनिक उपकरणहरु सहितको फिजिकल थेरापि तथा रिह्याबिलिटेशन सेवा अत्यन्त प्रभावकारी रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया