अब किस्ताबन्दीमा भायानेटको इन्टरनेट जडान

४ बर्ष अगाडि

काठमाडौं - भायानेटले 'भायानेट मासिक किस्ताबन्दी' अर्थात् इएमआई अफर ल्याएको छ ।

इएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने भएको छ।  

इएमआईमा  पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको भायनेटले जनाएको छ ।

यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध रहेको छ । यस अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित रहेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया