साताको सेयर : नेप्से परिसुचक ८८.१ बढ्यो, साताभरको कारोबार रकम ३४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज –नेप्से परिसचुक यो साता ८८.१ अंकले बढेको छ ।

साताको पहिलो पहिलो दिन (आइबार)  परिसुचक २२८६.५४ को बिन्दुबाट सुरु भई साताको अन्तिमसम्म आउँदा ८८.१ अंकले बढेर २३७४.६४ को बिन्दुमा पुगेको हो । 

यो साता नेप्सेमा ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार २५६ रुपैंया बराबरको कारोबार भएको थियो । यो साता कारोबारमा आएका कम्पनीको ८ करोड ९ लाख  २४ हजार ६९९ कित्ता शेयर २ लाख ८३ हजार ६७ पटक खरिद बिक्री भएको थियो । 

यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये परिसुचक पहिला र दोस्रो दिन बढेको थियो । भने तेस्रो दिन ओरालोे लागि चौथो र पाँचौ दिन उकालो लागेको हो ।

साताको पहिलो दिन २२८६.५४ को बिन्दुबाट कारोबार सुरु भई २८.४६ अंकले बढेर २३१५ बिन्दुमा पुगेको थियो । दोस्रो दिन परिसुचक १७.३१ अंकले बढेको थियो । तेस्रो दिन भने परिसुचक ५.५७ अंकले घटेर २३२६.९ को बिन्दुमा पुगेको हो । चौथो दिन १५.८७ अंकले बढेको हो । यस्तै, साताको अन्तिम दिन(बिहिबार) ३१.८७ अंकले बढेर २३७४.६४ को बिन्दुमा पुगेको थियो ।

यस्तै कारोबारको पहिलो दिन नेप्सेमा १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर ५० हजार ६०७ पटक खरिद बिक्री भएको थियो । दोस्रो दिन १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर  ५१ हजार ८१३ पटक खरिद बिकी भएको थियो भने तेस्रो दिन१ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर ५७ हजार ९८० पटक खरिद बिक्री भएको हो । चौथो दिन १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर ५३ हजार ३३४ पटक खरिद बिक्री भएको हो र पाँचौ दिन १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर ६९ हजार ३३३ पटक खरिद बिक्री भएको हो ।

यस्तै यो साताको अन्तिम दिन (बिहिबार) नेप्से परिसुचकमा साताकै सबैभन्दा बढी कारोबार भएको थियो । यस ७ अर्ब ७९ करोड ८५ लाख  बराबरको कारोबार भएको हो । साताको सबैभन्दा कम कारोबार बुधबार भएको थियो । बुधबार नेप्सेमा २ अर्ब २१ करोड ९ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेमा यो साता भएको कारोबार रकम यस्तो रहेको छ ः 
आइतबार     रु. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२
सोमबार      रु. ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ 
मंगलबार     रु. ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८
बुधबार       रु. ६ अर्ब २१ करोड ९ लाख  ६६ हजार २६
बिहिबार      रु. ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ 
 

५ बर्ष अगाडि

प्रतिक्रिया