नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीयको शेयर मुल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सेन्ज (नेप्से)मा समायोजन भएको छ ।

नेप्सेले लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य तोकेको छ । नेप्सेले बोनसपछि प्रतिकित्ता १ हजार ३४० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । लघुवित्तको बिहीबार १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार शुक्रबार समायोजित भएको मूल्यलाई आधार मानेर लघुवित्तको आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

लघुवित्तले लाभांश पारित गर्न माघ २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।  शनिबार संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नवलपुरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया