काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज( शुक्रबार) बिहान १० बजे बाँडफाँड हुँदैछ । आईपीओको बाँडफाँड निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा हुने भएको छ ।
कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको १३ लाख ९६ हजार २२ कित्ताका आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख ३९ हजार ६०२ जना आवेदकले मात्र शेयर पाउनेछन् । १ लाख ३९ हजार ६०२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । यसरी बाँडफाँड गर्दा निष्काशन गरिएको २ कित्ता शेयर बाँकी रहनेछ । उक्त शेयर गोलाप्रथाबाट १० कित्ता शेयर पाएका ९१ लाख ३९ हजार ६०२ जना० मध्येबाट २ जनालाई गोलाप्रथा गरी थप १.१ कित्ता शेयर वितरण हुनेछ ।
यसअनुसार २ जनाले ११ कित्ता शेयर पाउनेछन् भने १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन्न् । योग्य १२ लाख ११ हजार ११५ जनामध्ये १० लाख ७१ हजार ५१३ जनाको हात भने खाली रहनेछ ।
पुस २८ गते अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जनाले आईपीओमा आवेदन गरेकोमध्येबाट सदर आवेदकको संख्या ३९ हजार ८९५ ले घटेर १२ लाख ११ हजार ११५ कायम भएको कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकका अनुसार चन्दागिरीको आईपीओमा २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरका लागि २ अर्ब २८ करोड २० लाख २१ हजार बराबरको आवेदन परेको छ । कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गतेसम्म आवेदन खुला गरेका थियो ।
कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिने व्यवस्था थियो । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया