एजेन्सी- अमेरिकाको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । एस एन्ड पी ५०० इन्डेक्स १.४ प्रतिशतले बढ्दा नासडक इन्डेक्स पनि १.९७ प्रतिशतले उकालो लागेको छ।
यो बृद्धि अमेरिकाले हालसम्म नयाँ राष्ट्रपति पाएको पहिलो दिमा अहिले सम्मकै सबैभन्दा बढी हो। अमेरिकाको राष्ट्रपतिमा जो बाइडन बुधबार नियुक्त भएका हुन् ।
अमेरिकामा बाइडनले राष्ट्रपति चुनाव जितेदेखि सपथ ग्रहण सम्म अमेरिकी बजारमा ब्यापक वृद्धि भइरहेको छ। ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस बीच एस एन्ड पी ५०० इन्डेक्स १३ प्रतिशतले बढेको छ।
अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएदेखि शपथ ग्रहणसम्म अमेरिकी सेयर बजारमा भएको बृद्धिमा यो नै अहिलेसम्मकै उच्च बृद्धिदर रहेको बताइएको छ ।
प्रतिक्रिया