नयाँ उचाईमा पुग्यो नेपाली शेयर बजार, कारोबार रकम ८ अर्ब नजिक

५ बर्ष अगाडि

कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्से नयाँ उचाईमा पुगेको छ । 

आज नेप्से परिसूचक ३१.८७ को विन्दुले बढेर २३ सय ७४.६४ को विन्दुमा पुगेको छ । यो अहिले सम्मकै उच्च विन्दु हो । 

त्यस्तै, आज कारोबारमा आएका कम्पनीहरु मध्य १४० कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य बढेको छ । 

त्यस्तै, आज नेप्सेमा १ करोड ७९ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ  । 

आज सबै भन्दा धेरै नेपाल लाइफको ५३ करोड, नेपाल इन्स्योरेन्स कम्पनीको २६ र नेपाल रिइन्स्योरेन्सको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया