प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आज पनि शेयर खरिद बिक्री भएको छ ।
आज कम्पनीको ३४० कित्ता शेयर खरिद बिक्री भएको हो । नेप्से फ्लोरसिटका अनुसार आज कम्पनीको १ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, आज पनि कम्पनीको शेयर खरिदकर्ताको चाप उच्च रहेको छ ।
अहिले नेप्सेमा प्रभु लाइफको ८ लाख ७२ हजार २७३ कित्ता शेयर खरिदका लागि ५ हजार २३६ लगानीकर्ताले माग राखेका छन् ।
आज कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतले बढेर ४३३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया