काठमाडौँ-काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्गका पुल निर्माण गर्न छ वटा कम्पनी प्रारम्भिक छनोट (सर्टलिस्ट)मा परेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले द्रुतमार्ग अन्र्तगत पर्ने ‘हाई ब्रिज’ निर्माणका चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड (चीन), हुनान रोड एण्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड (चीन), चाइना रेल्वे २० ब्युरो ग्रुप कर्पाेरेशन (चीन), चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ कम्पनी लिमिटेड (जेभी), लोङजियान रोड एण्ड ब्रिज कम्पनी लिमिटेड (चीन) र डोगुस इन्स्याट भे टिक्रेट ए. एस. जेभी (टर्की) प्रारम्भिक छनोटमा परेका छन् । गाेरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया