शेयर बजारमा उछाल, नयाँ रेकर्ड बनाँउदा ५ अर्ब माथिको कारोबार

५ बर्ष अगाडि

नेपाली शेयर बजार आज फेरी नयाँ रेकर्ड बनेको छ । 

आज कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आइपुग्दा बजार ३१.४७ अंकले बढेर २३ सय ७४.२४ को विन्दुमा पुगेको हो । 

यो नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो  । अहिले सम्ममा कारोबारका लागि आएका कम्पनीहरु मध्य १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्म नेप्सेमा १ करोड २० लाख कित्तान शेयर खरिद बिक्री हुदाँ ५ अर्ब २९ करोड बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया