कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से दोहोरो अंकले बढेको छ । कारोबार सुरु भएको १ बजे सम्म आइपुग्दा बजार १८.१८ विन्दुले बढेर २३ सय ६०.९५ विन्दुमा पुगेको छ ।
अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
अहिले सम्ममा नेप्सेमा ६० लाख ९४ कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया