यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा अत्यधीक कारोबार देखिएको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आवहान गरे सँगै कम्पनीको शेयर खरिद गर्नेको चाप बढेको छ ।
आज कारोबार सुरु भएको डेढ घण्टा सम्म आइपुग्दा नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको अत्याधीक कारोबार भएको छ ।
अहिले सम्ममा कम्पनीको २६ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कम्पनीको शेयर मूल्य २.२७ प्रतिशतले बढेर २ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
उता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक प्रतिशेयर मूल्य घटाउने भएको छ ।
कम्पनीले शेयर खण्डीकरण गरेर शेयर मुल्य ५० रुपैयाँ बनाउन लागेको हो ।
यो नेपाली धितोपत्र बजारमा पहिलो प्रयास हो । हाल कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । अब कम्पनीले उक्त मूल्यलाइ टुक्राइ शेयरधनीलाइ १ कित्ता बराबर दुइ कित्ता शेयर दिने छ ।
कम्पनी उक्त प्रस्ताव आगामी माघ २८ गते हुन लागको साधारण सभाबाट पारित गर्नेछ ।
कम्पनीले दोस्रोबजारमा सबै लगानीकर्ताको खरिद पहुँच पुर्याउन शेयर संख्या बढाउन लागेको हो ।
प्रतिक्रिया