काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढेको छ।
बुधबार १५.८७ अंक बढेर २३४२.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३०.०९ अंक बढेर २३७२.८६ विन्दुमा पुगेको हो।
५५ कम्पनीको १५ हजार ८४९ कित्ता शेयर १ सय ६४ पटक खरिद बिक्री हुदाँ ७३ लाख ७३ हजार ८५४ बराबरको कारोबार भएको हो । प्रि ओपन सेसनमा होटेल समुह ओरालो लागेको छ ।
प्रतिक्रिया