बुटवलमा ब्राउन सुगरसहित चार पक्राउ लागुऔषधसहित

७ बर्ष अगाडि

प्रहरीले छुट्टा छुट्टै स्थानबाट आठ ग्राम सात सय ७० मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदहको भलुहीबाट सानु श्रेष्ठको साथबाट पाँच ग्राम र विजय तामाङको साथबाट एक ग्राम तीन सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

साथै, उनीहरुले दिएको सुचनाको आधारमा देवदह ९ का २४ वर्षीय दिलिप पुर्जा पनि पक्राउ परेका छन् ।

त्यस्तै नवलपरासी घर भई बुटवल ११ ढबाहामा बस्ने ३२ वर्षीय प्रदीप भट्टराईको साथबाट दुई ग्राम तीन सय ३० ग्राम मिलिग्राम ब्राउन सुगर, एक लाख ४८ हजार नेपाली रुपैयाँ र २३ हजार आठ सय २० भारु तथा १६ थान मोबाइल सेट बरामद भएको छ । भट्टराईले नगद नभएका व्यक्तिलाई मोबाइल धरौटी राखेर लागु औषध बेच्दै आएका अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।

भारतीय सिमावर्ती बजारबाट नेपालमा एम्वुलेन्स र पेट्रोलियम पदार्थको आसोरपसार गर्ने ट्यांकरमार्फत लागेऔषध ढुवानी हुनेगरेको पाएपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

प्रहरीले एम्बुलेन्स र ट्याङकरमा राम्रोसँग चेकजाँच नगर्ने भएकोले तस्करहरुले यसलाई सजिलो माध्यम मानेका छन् ।

तस्करीले एम्वुलेन्स र ट्यांकरमार्फत लागुऔषध ओसारपसार गर्न थालेको भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच कडाई गरिएको डिएसपी डिलबहादुर मल्लले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया