इलाका प्रहरी कार्यलय सुरुङ्गामा कार्यरत प्रहरी जवान अमितकुमार थान्दारले बाटोमा भेट्टाएको पाँच लाख चालिस हजार रुपैयाँ फिर्ता गरेका हुन्।
असोज २१ गते महेन्द्र राजमार्गस्थित सुरुङ्गा चोकमा यात्रुबहाक बस र ट्याक्टर एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा एक जनाको मृत्यु समेत भयो । त्यतिबेलै बसमा सवार एक यात्रुको ५ लाख ४० हजार रुपैयाँ रकमसहितको एउटा मोबाइल र खुकुरी रहेको झोला हरायो। त्यही गायब भएको झोला प्रहरी जवान थान्दारले भेट्टाएपछि इमान्दारपूर्वक फिर्ता गरेका हुन् ।
प्रतिक्रिया