चन्द्रागिरी हिल्सको प्रिअलटमेन्ट सम्पन्न, कहिले हुदैँछ बाँडफाँड ?

५ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेड कम्पनीको आइपीओ प्रिअलटमेन्ट सम्पन्न भएको छ । 

आज बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पपीको आइपीओको प्रिअलटमेन्ट गरेको हो । 

त्यस्तै, क्यापिटलले शुक्रबार नै कम्पनीको आईपिओ बाँडफाड गरिने जनाएको छ । 

अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सेयर बाँडफाँड गरिने छ ।

यस अघि कम्पनीले  पुस २४ गते देखि एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो । 

कम्पनीको आइपीओमा १२ लाख ५९ हजार आवेदकले आवेदन दिएका थिए ।  यो आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र  १० कित्ताको दरले पाउने छन्यभने करिब ११ लाख बढी आवेदक हात खाली हुने देखिन्छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया