सञ्चार उद्यमी ज्ञवालीको निधन

७ बर्ष अगाडि

काठमाडौं– सञ्चार उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा निधन भएको छ । 
छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्।
 नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि संस्थापक अध्यक्ष थिए। 

स्वर्गीय  ज्ञवालीको शनिबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया