ब्रोकर ३४ ले मात्रै खरिद गर्यो प्रभु लाइफको १७० कित्ता शेयर, आज कति भयो कारोबार ?

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्सको २०० कित्ता शेयर खरिद बिक्री भएको छ । 

नेप्सेको फ्लोरसिट अनुसार आज उक्त कम्पनीको ८२ हजार ४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको २०० कित्ता शेयर खरिद बिक्री हुदाँ १७० कित्त शेयर ब्रोकर न ३४ बाट खरिद भएको देखिएको छ । 

त्यस्तै, ब्रोकर न १७, १४ र ३९ ले पनि कम्पनीको शेयर खरिद गरेको नेप्से फ्लोरसिटमा देखिएको छ । 

आज कम्पनीको शेयर मुल्य ९.७५ प्रतिशतले बढेर ३९४ रुपैयाँ पुगेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया