हिजो करेक्शन भएको बजार आज दोहोरो अंकले बढ्यो, ६ अर्ब बढीको कारोबार

५ बर्ष अगाडि

कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । 

आज नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरु मध्य १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनकिो शेयर मुल्य घटेको छ । 

त्यस्तै, आज नेप्सेमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६१ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आज महिला सहयात्रा माइक्राफाइनान्स, बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

त्यस्तै, आज कारोबारका लागी आएका १२ उपसमूह मध्य  विकास बैक हाइड्रो, फाइनान्स, निर्जीवन बिमा, माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फन्डको इन्डेक्स बढेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया