काठमाडौं- पछिल्लो समयमा चुत्ता पुँजी बढाउनको लागि विभिन्न कम्पनीहरुको हकप्रद शेयर निष्कासन गर्न थालेका छन् ।
विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्ने भनिरहँदा पछिल्लो समय ६ कम्पनी भने नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । उक्त कम्पनीहरुले शेयर निष्कासनका लागि बोर्डमा निवेदन पनि पेश गरिसकेका छन् । धितोपत्र बोर्डमा उक्त ६ कम्पनीको १३ अर्ब ३० करोड ४५ लाख ३४ हजार ६२१ रुपैंया बराबरको रकम हकप्रद शेयर निष्कासनको पाइपलाइनमा रहेको छ ।
नेपाल धितोपत्र बोर्डको गत माघ ५ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरू यस प्रकारका छन् ः
जलविद्युत् लगानी र विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न २०७६ असार ३१ मा धितोपत्र बोर्डमा निवेदन गरेको हो । कम्पनीले सय रुपैंया अंकित दरको शेयर १ बराबर १ अनुपातमा शेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीको ११ अर्ब रुपैंया बराबरको ११ करोड कित्ता हकप्रद शेयर स्वीकृतिका लागि पाइपलाइनमा रहेको छ । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमी क्यापिटल लिमिटेडले गर्नेछ । यो ६ कम्पनीमध्ये हकप्रद शेयर स्वीकृतिका लागि पाइपलाइन रहेको सबैभन्दा बढी रकम हो ।
अरुण भ्याली हाइड्रोपावर विकास कम्पनी लिमिटेडले १ बराबरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७७ असोज २१ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको ९९ करोड ८३ लाख २३ हजार २०० रुपैंया बराबरको रकम हकप्रद शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
श्री राम चिनी मिल लिमिटेडले १ बराबर ३ अनुपातमा धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको ८९ करोड ३ लाख ९४ हजार ९८१ रुपैंया बराबरको ८९ लाख ३ हजार ९ सय ८१ दशमलव ८१ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ
कर्पोरेट विकास बैंक लिमिटेडले १ बराबरको १.५ को अनुपातमा ३० करोड रुपैया बराबारको ३० लाख कित्ता हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डसंग अनुमति मागेको हो । सिभिल क्यापिटल लिमिटेडले कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।
साथै नगाडी ग्रुप पावर लिमिटेडको १० बराबर ३ को अनुपातमा १६ करोड ६ लाख ६६ हजार ४४० रुपैया बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता शेयर हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
बारुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ बराबर १ को अनुपातमा २५ करोड ५१ लाख ५० हजार रुपैंया बराबरको २५ल लाख ५१ हजार ५०० कित्ता शेयर हकप्रद निष्कासनको अनुमति मागेको हो । एनआईबिएल यस क्यापिटलमा म्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रतिक्रिया