नेपाल लाइफको सर्वाधिक कारोबार हुदाँ ८ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से ८ अंकले उकालो लागेको छ । 

२ बजे सम्म आइपुग्दा नेप्से ८.२९ अंकले बढेर २३३५.१९ को विन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ । 

त्यस्तै, आज ८६ लाख ४५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब १६ करोड रुपैयाँ बराबार शेयर कारोबार भएको छ । 

अहिले सम्ममा सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर खरिद बिक्री भएको देखिन्छ । कारोबारको ३ घण्टामा नेपाल लाइफको मात्र ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया