गुर्जा हिमाल आरोहणका क्रममा ९ जनाको मृत्यु (नाम सहित)

७ बर्ष अगाडि

धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । 

हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाडाँै पठाउने तयारी भएको म्याग्दीमा प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिनुभयो । 

गुर्जा हिमाल आरोहण क्रममा हिम आधिमा परि मृत्यु हुने ९ जना प्रति समबेदना । सबैको सब फेला पारेको छ । 

कोरियाका आरोहिस्
1. Kim chang ho : Leader
2. Lee jaehun 
3. Rim il jin 
4. Yoo youngjik 
5.Jeong joon mo 
नेपाली :
सङ्खुवासभा भोटखोलाका 
१, छिरिङ भोटे 
२, देना आङ्जुक भोटे 
३, फुर्पु भोटे र 
४, म्याग्दिका नेत्र बा छन्त्याल ।

७ बर्ष अगाडि

प्रतिक्रिया