काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३४ अंक बढेको छ।
मंगलबार ५.५७ अंक घटेर २३२६.९० विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ३४.६२ अंक बढेर २३६१.५२ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ७.७८ अंक बढेको छ।
४६ कम्पनीको १ करोड ९५ लाख ३५ हजार ५४८ रुपैयाँ बराबरको १२ हजार ७०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य यस दिन स्थिर रहेको छ।
प्रतिक्रिया