थपिएको समयमा इन्फ्रास्ट्रकचर बैंकमा आवेदन दिनेको संख्या बढ्यो, बनायो नयाँ रेकर्ड

५ बर्ष अगाडि

साँझ ६ बजे बन्द भएको नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा १८ अर्ब बढीको आवेदन परेको छ ।

माघ २ गतेबाट आवेदन खुला गरेको यस बैंकको आइपीओ नेपालको अहिले सम्मकै ठूलो सार्वजनीक निश्कासन हो ।

कम्पनीको आइपीओमा मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका छन् ।

यो संख्या अहिले सम्मकै धेरै हो । आज मरोशेयर सिस्टममा समस्या आएकोले आवेदन दिने समय ६ बजेसम्म थप गरिएको थियो ।

बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

नेपालकै ठूलो आइपीओ जारी गरेको यस बैंकमा अहिले सम्मकै धेरै आवेदन परेको छ । 

यस अघि आइपीओ जारी गरेको चन्द्रागिरी हिल्समा १२ लाख ५९ हजार आवेदकले आवेदन दिएका थिए ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया