नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ ।
भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए ।
त्यसैगरी ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष चयन भएकाहरुमा क्रमशः काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदिप कट्वाल रहेका छन् ।
त्यस्तै, बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ । सो बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टी निर्माणको लागि जनताको बीचमा जानुपर्ने बताएका छन् ।
प्रतिक्रिया