आज नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आईपिओमा बन्द भएको छ ।
माघ २ गतेबाट आवेदन खुला गरेको यस कम्पनीको आइपीओमा १७ अर्ब बढीको आवेदन परेको छ ।
कम्पनीको आइपीओमा १५ लाख २ हजार बढी आवेदकबाट १७ करोड ७९ लाख कित्ता बढीको लागि आवेदन परेको हो ।
बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा उक्त संख्यामा आवेदन परेको हो ।
मरोशेयर सिस्टममा समस्या आएकोले आवेदन दिने समय ६ बजेसम्म थप गरिएकोले यो संख्या अझै बढ्ने छ ।
बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
नेपालकै ठूलो आइपीओ जारी गरेको यस बैंकमा अहिले सम्मकै धेरै आवेदन परेको छ ।
यस अघि आइपीओ जारी गरेको चन्द्रागिरी हिल्समा १२ लाख ५९ हजार आवेदकले आवेदन दिएका थिए ।
प्रतिक्रिया