आज इन्फ्रास्ट्रकचर बैंकको आइपीओ भर्ने समय थपिएको छ ।
बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापीटलले एक सूचना जारी गर्दै आज साझँ ६ बजे सम्म उक्त आइपीओमा आवेदन दिन सकिने बताएको हो ।
यस अघि बैंकको आइपीओ आज साँझ ५ बजे बन्द हुने बताइएको थियो ।
नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले यस अघि माघ २ गतेबाट एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो ।
यो नेपालमा अहिले सम्मकै ठूलो आइपीओ हो ।
उक्त शेयर मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया