आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा ७ अर्ब ४६ करोड बराबारको कारोबार भएको छ ।
नेप्सेमा १ करोड ४६ लाख बराबरका शेयर खरिदबिक्री हुदाँ उक्त कारोबार भएको हो ।
दुई साता पछि आज नेप्सेमा करेक्शन देखिएको छ । लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा कारोबार रकम बढेको र बजार घटेको हो ।
आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर खरिद बिक्री भएको छ । आज कम्पनीको ९१ करोड ९७ लाख बराबरको शेयर खरिद बिक्री भएको हो । आज उच्च मूल्यमा बिक्रेताले यस कम्पनीको नाफा बुक गरेका हुन् ।
आज कम्पनीको शेयर मूल्य ९.०९ प्रतिशतले बढेर २ हजार ६ सय ८९ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँँ बराबरको कारोबार भएको छ भने नेपाल पूर्नबीमा कम्पनीको ३० करोड ६ हजार रुपेयाँँ बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया