दुई सातादेखि लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज नेपसेमा आज करेक्शन देखिएको छ ।
नेप्सेले पछिल्लो केही साता देखि परिसूचकमा नयाँ नयाँ रेकर्ड बनाएर उकालो यात्रामै रहेको थियो ।
आज भने नेप्से ५.५७ अंकले घटेको छ। मंगलबार नेप्से ५.५७ अंकले घटेर २३ सय २६।९० को विन्दुमा पुगेको छ ।
परिसूचक घटे पनि आज लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा नेप्सेमा अत्यधीक कारोबार भएको छ ।
आज १ करोड ४६ लाख बराबरका शेयर खरिदबिक्री हुदाँ ७ अर्ब ४६ करोड बराबारको कारोबार भएको छ ।
आज कारोबारमा आउका कम्पनीहरु मध्य ११५ कम्पनीको शेयर मुल्य घटेको छ भने ५५ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, आज सबै भन्दा धेरै नेपाल लनइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै ९१ करोड ९७ लाख रुपैँया कारोबार भएको छ ।
प्रतिक्रिया