कारोबारको तेस्रो घण्टा नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।
आज कारोबारको सुरुवातबाटै ओरालो यात्रामा रहेको परिसूचक तेस्रो घण्टामा भने ७.७० अंकले उकालो लागेको हो ।
यो समय सम्म आउँदा नेप्से २३४०.१७ को विन्दुमा पुगेको छ ।
अहिले सम्ममा कारोबारमा आएका कम्पनीहरु मध्य ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
नेप्सेमा अहिले सम्म ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ ।
प्रतिक्रिया