प्रभु लाइफको शेयर किन्न ५ हजार लगानीकर्ता लाइनमा, ७० कित्ता कारोबार हुदाँ १० लाख कित्ताको माग

५ बर्ष अगाडि

दुई साता अघि नेप्सेमा सुचिकृत प्रभु लाइफ इन्स्योरेन्सको शेयर किन्न आज पनि लगानिकर्ताको चाप रहेको छ । 

कम्पनीको शेयर खरिदका लागि ५ हजार २०६ लगानिकर्ताले ९ लाख ९९ हजार १५३ कित्तको माग गरेका हुन् । 

उता, यस कम्पनीको शेयर बिक्रेता भने न्युन छन् । यस कम्पनीको आज जम्मा ७० कित्ता मात्र शेयर कारोबार भएको छ । 

आज पनि यस कम्पनीको शेयरमूल्य बढेको छ । आज कम्पनीको शेयर मूल्य ९.७९ प्रतिशतले बढेर ३५९ पुगेको हो 

आज यस कम्पनीको २४ हजार ४४० रुपैयाँँ बराबरको शेयर कारोबार भएको छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया