निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान

७ बर्ष अगाडि

काठमाडौं–भारतको चेन्नाइमा हुने ूक्ष्लतभचलबतष्यलब ि भ्लभचनथ क्यगचअष्लन क्जयध ू मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बुधबार त्यसतर्फ गएको छ ।
 नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिका सभापति समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ सहित ११ जना रहेको छ । 
महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका महासचिव रामशरण देउजा, कार्यालय प्रमुख प्रेमसिंह ऐर, प्रशासकीय अधिकृत नवराज भण्डारी र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बिदाई गर्नुभयो । तीन दिन सम्म चल्ने कार्यक्रम  बिहिवारबाट सुरु हुनेछ । 
अन्तर्राष्ट्रिय स्तरमा भइरहेको जलविद्युत क्षेत्रको विकास सम्बन्धी जानकारी हासिल गर्न  कार्यक्रम फलदायी हुने विश्वास लिइएको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया