नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकको आइपीओ आज साँझ ५ बजे बन्द हुदैँछ ।
बैंकले यस अघि माघ २ गतेबाट एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो ।
यो नेपालमा अहिले सम्मकै ठूलो आइपीओ हो ।
उक्त शेयर मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
बैंकको आइपीओमा हिजो ५ बजेसम्ममा कम्पनीको आईपिओमा १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
कम्पनीको आईपिओमा ११ लाख ७७ हजार ९ सय २० आवेदकले आवेदन दिएका हुन् ।
प्रतिक्रिया