काठमाडौं - नेपाल स्टक एक्सेन्ज(नेप्से)मा कारोबारको तेस्रो दिन मंगलबार १२.९० अंकले ओरालो लागेको छ ।
कारोबारको केही समय हरियोमा कायम रहेको नेप्से परिसुचक १ घण्टाको अवधिमा १२.९० अंकले घटेर २३१९.५६ को बिन्दुमा पुगेको छ । १२ बजेसम्म आइपुग्दाँ परिसुचक ०.५५ प्रतिशतले ओरालो लागेको हो ।
एक घण्टाको अवधिमा कारोबारका १२ उपसमुहमध्ये ४ उपसमुह भने हरियोमा कायम रहेका छन् र परिसुचक ओरालो लागेसंगै ८ उपसमुह पनि ओरालो लागेका हुन् ।
सो अवधिभर कारोबारम आएका १९६ कम्पनिको ३३ लाख २६ हजार ६३५ कित्ता शेयर १५हजार ५६९ पटक खरिद बिक्री हुँदा १ अर्ब ९० करोड ९२ लाख बराबारको कारोबार भएको छ ।
प्रतिक्रिया