गुर्जा हिमालमा डरलाग्दो हिमपहिरो, ९ को मृत्यु, आरोहीको शव देखियो उठाउन सकिएन

७ बर्ष अगाडि

म्याग्दी –म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकको शव देखिए पनि ती शव उठाउन सकिएको छैन। दक्ष जनशक्ति र उपकरणको अभावमा शव ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिए । 
 हेलिकोप्टरबाट बिहान हेर्दा ८ वटा शव देखिए पनि स्थानीय बासिन्दा घटनास्थलमै पुगेर हेर्दा ७ वटा मात्रै भेटिएको उनले बताए । 
 प्रहरीका अनुसार खोंच र अप्ठेरो भीरमा रहेकाले उपकरणबिना शव उठाउन कठिन भएको छ। देखिएका शवमध्ये ४ वटा कोरियन र २ वटा नेपालीको भएको र एउटा चिन्न नसकिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा ख बर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया