सिभिल लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट, कति छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार फुकुवा गरेसँगै सिभिल लघुवित्तको शेयर कारोबार सुरु भएको छ । साथै, आज उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट पनि लागेको छ । 
आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि उक्त कम्पनीको शेयर मुल्य प्रतिकिक्ता ८८० रुपैयाँ थियो । आज त्यो ८८ प्रतिशतले बढेर ९६८ पुगेको छ । आज ८७५ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो ।
नेप्सेको मार्कट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री कर्ता कोही आएका छैनन् । 
समयमा नेप्सेमा लाभांश प्रस्तावको पत्र नपठाएपछि गत पुस २८ गतेदेखि उक्त कम्पनीको शेयर कारोबार बन्द थियो । त्यसमा कम्पनीले आवश्यक स्पष्टीकरण दिएपछि नेप्सले उक्त कम्पनीको आजदेखि शेयर कारोबार फुकुवा गरिदिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया