प्रभु लाइफको शेयर मुल्य ३०० नजिकः बिक्रीकर्ता कोही छैनन्, तर ६० कित्ता शेयरको कारोबार

५ बर्ष अगाडि

काठमाडौं – नियमित शेयर कारोबार सुरु भएको दुई हप्तापछि प्रभु लाइफ इस्योरेन्सको शेयर मुल्य करिब ३०० नजिक पुगेको छ । आज आइतबार उक्त कम्पनीको शेयर मुल्य प्रतिकित्ता रु.२९८ रुपैयाँ पुगेको छ ।
नेप्सेले प्रभु लाइफको शेयर कारोबार लागि पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८.६८ रुपैयाँ तोकेका थियो । तर, अझै पनि उक्त कम्पनीको शेयर कारोबार त्यो भन्दा पनि तल्लो मुल्यमा नै भएको छ ।

गत हप्ता उक्त कम्पनीको शेयर मुल्य २७१ थियो, आज त्यो सकरात्मक सर्किट लेभल (२७ अंक) ले बढेर नयाँ उचाईमा पुगेको हो । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप कायम नै छ । तर, बिक्री गर्ने लगानीकर्ता भने अझै देखिएका छैनन् । 
यद्यपि, आइतबार पनि उक्त कम्पनीको ६० कित्ता शेयर खरिदबिक्री भएको छ । रकमका आधारमा १७ हजार २८० रुपैयाँको शेयर कारोबार भएको छ । 
आज २७६ रुपैयाँदेखि २९८ रुपैयाँसम्मका उक्त कम्पनीको शेयर खरिदबिक्री भएको छ । शेयर बिक्री गर्ने ब्रोकरमा ३४, ६ र ४८ नम्बरका ब्रोकर रहेका छन् । यस्तै, खरिद गर्नेमा ३४, ४८, ५५ र ४९ नम्बरका ब्रोकर रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया