शुक्रबारबाट निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओ ८७ प्रतिशत बिक्री भइसकेको छ ।
बिक्री प्रबन्धक एनआइबी एल क्यपिटलका अनुसार शनिवारसम्म ६ अर्ब ७० करोडको आवेदन परेको छ ।
आज दिउँसो ४ बजेसम्ममा कम्पनीको आईपिओमा ५ लाख ३६ हजार १८ आवेदकले ६ करोड ७० लाख ६४ हजार ३ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् ।
बैंकले शुक्रबारबाट एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।
यो नेपाल अहिले सम्मकै ठूलो आइपीओ हो ।
बैंकको आइपीओ ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। त्यस्तै, बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
प्रतिक्रिया