थापाले ओलीको नाम कीर्ते प्रसाद ओली राखे

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओलीको नाम कीर्ते प्रसाद ओली राख्नुपर्ने गगनकुमार थापाले बताएका छन् ।

कांग्रेसका युवा नेता थापाले ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ओलीको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली भएको बताएका हुन् ।

त्यस्तै, उक्त कार्यक्रमा उनले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताएका छन् ।

त्यस्तै, उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए।

५ बर्ष अगाडि

प्रतिक्रिया