३० भाग्यमानीले इन्फ्रास्ट्रक्चर बैंकको ५ हजार कित्ता शेयर पाँउदै

५ बर्ष अगाडि

हिजोबाट मात्र आइपीओ निष्काशन गरेको इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद गर्न अहिले सर्वसाधारणको घुइँचो नै लागेको छ । 

नेपालमा अहिले सम्म कै धेरै शेयर निष्काशन गरेको बैंकको आइपीओ सबै आवेदकलाई पर्ने पक्का नै छ । 

बैंकले हिजोबाट एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो । 

उक्त आइपीओमा हाल सम्म सक्रिय सबै डिम्याट कर्ताले आवेदन दिए पनि सबै लाई ४० देखि ७० कित्ता सम्म शेयर पर्ने लगभग पक्का छ । 

तर, उक्त बैंकको शेयर ३० जना भाग्यमानीहरुले भने ५ हजारका दरले पाउने छन् । 

बैंकले जारी गर्न लागेको आइपीओ मध्यको १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ ।

बैंकमा हाल ३० कर्मचारी मात्रै रहेका छन् ।  यो हिसाबले बैंकका ३० कर्मचारीलाई भाग गर्दा पनि प्रत्येक कर्मचारीले ५३३३.३३ कित्ता आईपीओ हात पार्नेछन्। 

यता, सर्वसाधारणबाट उक्त बैंकको आइपीओमा केहि घण्टा मै २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया