पृथ्वी राजमार्गमा गुड्दैगरेको ट्रकमा आगलागी भएको छ । तनहुँस्थित व्यास नगरपालिका १२ देउरालीमा लु २ ख ११९ नम्बरको मालबाहक ट्रक पृथ्वी राजमार्गमा आगलागी भएको हो ।
बिहान सवा ५ बजे सिमेन्ट पुर्याएर फर्केको ट्रकमा आगलागी शुरु हुनासाथ ट्रक चालक ट्रकबाट हाम फालेर ज्यान जोगाएका छन् ।
आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ भने कुनै प्रकारको मानवीय क्षति भएको छैन ।
स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो। वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने खुलेको छ ।
आगलागीका कारण राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो ।
प्रतिक्रिया