काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिनको भ्रमण पुरा गरी आज भारतबाट नेपाल फर्किन्दै छन् । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञावली माघ एक गते विहिबार भारत गएका थिए ।
उनले उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल गरेका थिए ।
नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ ।
प्रतिक्रिया