वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न सकेन – प्रचण्ड

७ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् । 
नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहने बताए । 
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै प्रचण्डले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे ।
‘अन्य कुरामा भने हाम्रो नेतृत्वको सरकारले धेरै परिर्वतन गरेको छ, जनताको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र बारम्बार छलफल गर्दै आएको छांैं,’ प्रचण्डले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया