चिनियाँ राजदूत र राष्ट्रपतिबीच फेरी गोप्य भेटवार्ता

५ बर्ष अगाडि

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् । शुक्रवार साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको बुझिएको छ ।

पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुन थालेको छ ।

संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निर्क्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।

नेपाली राजनीतिमा खुल्लेआम सक्रियता देखाईरहेको चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो । 

उक्त टोलीले नेकपा मिलाउन पहल गरेको थियो । चीनबाट गोप्य रुपमा तीन सदस्यीय टोली सडकमार्ग हुँदै छिरेको थियो । 

चिनियाँ टोली नेकपा मिलाउने उपायसहित भित्री रुपमा निकै सक्रिय भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया